मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

तलब वृद्धि र सेवा–सुविधाको माग पूरा नभएपछि चितवनका निजी विद्यालय अनिश्चितकालीन बन्द

तलब वृद्धिको माग गर्दै चितवनका निजी विद्यालयका शिक्षकद्वारा अनिश्चितकालीन विद्यालय बन्दको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, मंसिर १३ । तलब वृद्धि तथा सेवा–सुविधाको माग सम्बोधन नभएको भन्दै चितवनका निजी विद्यालयका शिक्षकहरूले भोलि मंसिर १४ गतेदेखि जिल्लाभरका निजी विद्यालयमा अनिश्चितकालीन शैक्षिक हडताल तथा पठनपाठन बन्द गर्ने घोषणा गरेका छन्।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) चितवनले विभिन्न चरणमा आन्दोलन तथा माग सम्बोधनका लागि ताकेता गर्दा पनि सुनुवाइ नभएको भन्दै पठनपाठन ठप्प पार्ने निर्णय सार्वजनिक गरेको हो।

इस्टु चितवनका अध्यक्ष दिवाकर पौडेलका अनुसार विद्यार्थीको भविष्यप्रति आफूहरू गम्भीर रहे पनि विद्यालय सञ्चालकहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शिक्षकका जायज मागप्रति बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो।

शिक्षक तथा कर्मचारीका प्रमुख मागहरू:

• सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकसरह २१ प्रतिशत तलब वृद्धि गर्नुपर्ने।

• मासिक रु. ५,००० महँगी भत्ता उपलब्ध गराउनुपर्ने।

• सामाजिक सुरक्षा कोष, बिदा तथा प्रचलित कानुनबमोजिमका अन्य सेवा–सुविधा सुनिश्चित गरिनुपर्ने।

यसअघि इस्टु चितवनले प्याब्सन चितवनसमक्ष ज्ञापनपत्र बुझाउँदै माग पूरा गर्न अल्टिमेटम दिनुका साथै कालोपट्टी बाँधेर पठनपाठन गर्ने लगायतका विरोधका कार्यक्रमसमेत सञ्चालन गरेको थियो। वार्ता र संवादबाट सहमति जुट्न नसकेपछि युनियनले विद्यालय बन्दको कडा कदम चालेको जनाएको छ। यस निर्णयसँगै भोलिदेखि चितवनका संस्थागत विद्यालयहरूको पठनपाठन प्रभावित हुने देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस
२०८३ मंग्सिर १३, आइतबार
तलब वृद्धि र सेवा–सुविधाको माग पूरा नभएपछि चितवनका निजी विद्यालय अनिश्चितकालीन बन्द
२०८३ मंग्सिर १३, आइतबार
शिक्षाबाट वञ्चित चेपाङ बालबालिकालाई विद्यालय ल्याउने अभियान प्रशंसनीय : अध्यक्ष दाहाल
२०८३ मंग्सिर १३, आइतबार
‘इन्स्पेक्टर हौँ, मुद्दा नचलाई दाइलाई छुटाइदिन्छौँ’ भन्दै २ लाख माग गर्ने ५ जना पक्राउ
२०८३ मंग्सिर १३, आइतबार
पुरानो टिकट वितरण प्रणाली हटाउँदैछौँ, डिजिटल मतदानबाट उम्मेदवार छानिन्छ : गगन थापा
२०८३ मंग्सिर १३, आइतबार
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
२०८३ मंग्सिर १३, आइतबार
देउवा समूहको डोल्पा जिल्ला सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत
२०८३ मंग्सिर १३, आइतबार