मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात

असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युतनिर्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चालु आर्थिक वर्ष (आ.व.) २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत निर्यात गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत भारत र बंगलादेशतर्फ निर्यात गरेको हो । प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स० को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा विक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन–अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ ।

त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीचको त्रिपक्षीय सम्झौता बमोजिम बंगलादेश पनि विद्युत निर्यात हुँदै आएको छ । वर्षायामका छ महिनामा अर्थात् प्रत्येक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत निर्यात हुँदै आएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ ।

प्राधिकरण केन्द्रिय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त अवधिमा विद्युत निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । चार महिनाको औसत विद्युत विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त महिनाको औसत विद्युत विक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो ।

असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युतनिर्यात भएको छ । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस महिनाको औसत विक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत निर्यात प्रभावित भएको बताउनुभयो ।

उहाँले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि वचत भएको विद्युत उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको बताउनुभयो ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युतनिर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । गत आवमा विद्युत आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल विगत दुई वर्षबाट विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात
२०८३ मंग्सिर १३, आइतबार
मुर्माका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित
२०८३ मंग्सिर १३, आइतबार
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पु-याउँदै याङवरक
२०८३ मंग्सिर १३, आइतबार
नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
२०८३ मंग्सिर १३, आइतबार
पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु
२०८३ मंग्सिर १३, आइतबार
हिंसा पीडितलाई न्यायमा पहुँच सहज बनाउन ‘साझा सुरक्षा’ एप सार्वजनिक
२०८३ मंग्सिर १३, आइतबार
क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई डब्ल्यूएचओ प्रमुखको आग्रह
२०८३ मंग्सिर १३, आइतबार