वैशाख २०, २०८१ बिहिबार May 2, 2024

अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राज्य अमेरिकाले सिरियाली कुर्द लडाकूहरू बिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेको छ ।

अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौता सम्बन्धी वार्ताहरू समेत रोकेको बताइएको छ ।

उत्तरपूर्वी सिरियाबाट एक हजार अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरू गरेको थियो ।

उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै ब्यापक आलोचना भइरहेको छ ।

टर्कीले केही समय यता उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब  एक लाख मानिसहरू विस्थापित भएका छन् ।

मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
२०८१ वैशाख २०, बिहिबार
गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि
२०८१ वैशाख २०, बिहिबार
रुरल सहकारी प्रकरणः सहकारीका अध्यक्ष र सचिवको मिलेमतोमा बचतकर्ताको करोडौं गोलमाल
२०८१ वैशाख २०, बिहिबार
समानता र न्यायको सिद्धान्तमा हाम्रो पाटी अघि बढेको छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १९, बुधबार
श्रमिक दिवस कम्युनिष्ट पार्टीको पनि उत्सव हो : उपमहासचिव पोख्रेल
२०८१ वैशाख १९, बुधबार
उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
२०८१ वैशाख १९, बुधबार
चिम्टीका ९७ जना अग्निपीडितको निःशुल्क उपचार
२०८१ वैशाख १९, बुधबार