वैशाख २३, २०८१ आइतबार May 5, 2024

सुडानमा देशव्यापी युद्धबिरामको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुडानमा देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ ।

सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधान अनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गरेका छन् ।

अध्यक्ष बुर्हानका अनुसार, सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने गरी वातावरण बन्ने विश्वासका साथ संविधान अनुसार युद्धबिरामको घोषणा गरिएको घोषणामा उल्लेख गरेका छन् ।

उक्त घोषणा जारीसँगै लागू भएको मानिने व्यवस्था रहेकाले बुधबारदेखि नै लागू भएको छ ।

सुडानको सरकारी पक्ष र विद्रोही तथा शसस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको बखत उक्त घोषणा भएको अधिकारीहरूले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया