असोज १४, २०८३ बुधबार September 30, 2026

विप्लवको कार्यकर्ता हौं भनि धम्क्याउँदै तीन करोड चन्दा असुल्ने ४ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी गाउँपालिका–२ का ३३ वर्षीय बिन्तोष सिलवाल, रामेछापको सुनापती गाउँपालिका–३ का ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रेको तिमाल गाउँपालिका–५ ठेगाना भएका ५२ वर्षीय तीर्थमान तामाङ र चितवनको भरतपुर महानगरपालिका–१३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा काठमाण्डौं उपत्यका लगायत स्थानका व्यवसायीहरूलाई फोन गरी ‘नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ’ भन्दै ३ करोडसम्म चन्दा माग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा उनीहरूले चन्दा नदिएमा भौतिक कारवाही गर्ने धम्की दिँदै व्यवसायीहरूको कार्यरत र बसोबास गर्ने स्थानमा निगरानी गरी जबर्जस्ती रकम माग गरेको पाइएको महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।

उनीहरूलाई प्रहरीले आपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिएको महाशाखाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार