असार २१, २०८२ शनिबार July 5, 2025

कांग्रेस नेता पाण्डेले लिए सांसदको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभाको समानुपातिक सांसदका रुपमा कांग्रेस नेता मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

सोमबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डेलाई संघीय संसद् सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कांग्रेसले कास्कीका नेता सूर्यबहादुर केसीको निधनका कारण रिक्त रहेको सांसदमा मोहनबहादुर पाण्डेलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।

सपथ भवन नम्बर १ को सार्वजनिक लेखा समितिको हलमा भएको थियो । कांग्रेस सांसद सूर्यबहादुर केसीको निधनपश्चात रिक्त पदमा पाण्डेलाई समानुपातिक प्रणालीमार्फत चयन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया