मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

जग्गाको कित्ताकाट गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सर्वाेच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय ठीक नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलाशले सर्वोच्चमा परेको रिट निवेदकको पक्षमा फैसला गर्दै कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था मन्त्रालयका नाममा आदेश दिएको हो । सर्वाेच्चको यो फैसलापछि तत्काल कित्ताकाट नखुल्ने भएको छ । यो फैसलाको पूर्णपाठ भने आउन बाँकी नै छ ।

खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट दायर गरेका थिए । गत असोज ८ मा सर्वाेच्च अदालतले जग्गाको कित्ताकाट बन्द गर्ने र खोल्ने निर्णयको सक्कल फाइल उपलब्ध गराउन सरकारलाई आदेश दिएको थियो ।

सर्वाेच्चका अनुसार जग्गाको कित्ताकाट रोक्ने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको २०७४/४/६ को निर्णय, कित्ता खुला गर्ने यही भदौ १८ गतेको निर्णय र अल्पकालीन अन्तरिम आदेशको सक्कल फाइल अध्ययनपछि कित्ताकाट नखुलाउन सरकारका नाममा मंगलवार आदेश दिइएको हो ।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कृषियोग्य जमीन प्लटिङ हुने क्रम बढेको र जग्गाको खण्डीकरण अत्यधिक भएको भन्दै एउटा कित्ता जग्गा १ आर्थिक वर्षमा एकपटक मात्र टुक्र्याउन पाइने निर्णय गरेको थियो ।

भूमि व्यवस्था मन्त्रालयले २०७४ साउन ६ मा मन्त्रीस्तरीय निर्णय गर्दै कृषियोग्य जग्गाको कित्ताकाटमा रोक लगाएको थियो । त्यसको झन्डै डेढ वर्षपछि पुनः २०७५ पुस २७ मा कित्ताकाट शर्तसहित आंशिक रूपमा खुकुलो बनाएको थियो । गत भदौ १८ मा भने मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेको थियो । भूमिमन्त्री पद्मा अर्यालले अहिले सबै स्थानीय तहको भू–उपयोगसम्बन्धी डेटाबेस बनिसकेकाले त्यसैका आधारमा स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्ने र खेतीयोग्यबाहेक अन्य जग्गाको खण्डीकरण गर्न सकिने गरी कित्ताकाट खुलाउने निर्णय सरकारले लिएको बताउँदै आएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार