मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सदर चिडियाखाना आजबाट खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः करिब ९ महिनादेखि बन्द ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना आजदेखी खुल्ने भएको छ । कोरोना संक्रमणका कारण गएको ७ चैतदेखि बन्द रहेको सो चिडियाखाना आजदेखि खुल्ने भएको हो ।

संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि सदर चिडियाखाना खोल्न लागिएको हो । स्वास्थ्य सुरक्षाका सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागिएको बताइएको छ ।

चिडियाखाना अवलोकन गर्दा विदेशीलाई ७५०, सार्क राष्ट्रका नागरिकका लागि ५००, नेपालीलाई १५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

भीडभाड हुन नदिन पहिलोपटक अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ । चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ।

चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन । अब हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुला हुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार