काठमाण्डौंः सातामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको हो ।
गत असोज ८ गते गठित समितिले एक सय २७ देशको अध्ययन पश्चात हप्तामा दुई दिन बिदा दिनु उपयुक्त हुने निष्कर्षसहितको प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।
अध्ययन गरिएका मुलुकमध्ये एक सय १५ वटा देशमा दुई दिन बिदा दिने चलन रहेको उल्लेख गरिएको प्रतिवेदनमा दक्षिण एसियामा पनि नेपालबाहेक अरु सबै देशमा हप्तामा दुई दिन बिदा दिने प्रावधान रहेको उल्लेख छ ।
हप्ता दुई दिन बिदा दिँदा आन्तरिक पर्यटक बढेको, सरकारी खर्चमा पनि कमि आएको, कामको प्रभावकारिता धेरै रहेको प्रतिवेदनमा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया