वैशाख २६, २०८१ बुधबार May 8, 2024

विद्यार्थीलाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बाङ्ग्लादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ।

नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ।

नुसरतको मृत्युको घटनाले बाङ्ग्लादेशलाई स्तब्ध बनाएको थियो। त्यसपछि उनलाई न्यायको माग शृङ्खलाबद्ध प्रदर्शनहरू भएका थिए।

यस्ता खालका मुद्दाको किनारा लाग्न वर्षौँ लाग्ने गरेको बाङ्ग्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समय भित्रै छिनिदिएको छ।

अभियोजनकर्ता हाफेज अहमदले संवाददाताहरूसँग कुरा गर्दै यो प्रकरणले ूहत्या गर्ने कोही पनि बाङ्ग्लादेशमा सहजै उम्किन नसक्नेू तथ्यलाई प्रमाणित गरिदिएको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया