असार २३, २०८२ सोमबार July 7, 2025

पान खाँदा स्वास्थ्यमा हुन्छन् यस्ता फाइदाहरू (जानीराखौं)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पान बहूपयोगी लहरेदार बनस्पति हो । पान खाने नेपाल, भारत लगायत दक्षिण–पूर्व एसियाको परम्परा रहेको छ । पानको पातमा चूना, कत्था, सुपारी को टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन रहेको छ ।

सुपारी, सुर्तिलाई पानको पातमा बेरेर तयार पारिने मनोत्तेजक खाद्यपदार्थ हो, पान । साधारणतया पान मुखमा राखेर चपाउँदै रसखाने अथवा थुक्ने गरिन्छ भने अन्त्यमा पुरै निल्ने वा थुक्ने गरिन्छ ।

पान विभिन्न तरिकाले तयार गरिन्छ । पान तयार गर्दा पातलाई टासेर राख्न चुनको लेदो प्रयोग गरिन्छ । केही दक्षिण एसियाली देशहरूमा सासलाई ताजा राख्न कत्था पनि प्रयोग गरिन्छ ।

पानका फाइदाहरूः

१. दमको रोगमा

नीमको तेल १० थोपा सादापानमा हालेर बिहान र बेलुका खाने गरेमा दम ठीक हुन्छ ।

२.घाँटी खसखस भएमा

बिहान र बेलुका पानमा मदिसे सूप राखेर खाने गरेमा घाँटी खसखस भएको ठीक हुन्छ ।

३. पाचनमा मद्दत
पान खाना पाचन क्रियाका लागि फाइदाजनक छ । यसले सैलिवरी ग्लैंडलाई सक्रिय गरेर लार बनाउने काम गर्दछ । जसले खानालाई सानो–सानो टुक्रा बनाउन सहयोग गर्दछ ।

४. कब्जियतको समस्यामा
पानले कब्जियतको समस्यालाई पनि लाभ गर्दछ । कब्जियतको समस्या भएका मानिले पानको पत्ता मात्र चबाएमा ठीक हुने अध्ययनले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया