असार २२, २०८२ आइतबार July 6, 2025

सामाजिक सुरक्षा कोषमा एक लाख श्रमिक, सूचीकृत हुने म्याद १ महिना थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म सामाजिक सुरक्षा कोषमा आठ हजार आठ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ जना श्रमिक आबद्ध भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सरकारले तोकेको असोज मसान्तसम्मको अवधिमा कोषमा सात करोड ६५ लाखभन्दा बढी रकम समेत संकलन भएको छ।

गत वर्ष मंसिरमा सरकारले उक्त योजना ल्याएको थियो। तर गत साउनदेखि भने औपचारिक कार्यान्वयनमा आएको हो।

मन्त्रालयका अनुसार कोषमा सूचीकृत भई योगदान आरम्भ गरिसकेको क्लोजर सिस्टम्स इन्टरनेशनल नेपाल प्रालिमा कार्यरत योगदानकर्ता सामाजिक सुरक्षा नम्बर २०७६०००३०५१ का इन्जनियर रुपेन्द्र थापा, योगदानकर्ता कैरोश क्याफे प्रालिमा कार्यरत सामाजिक सुरक्षा नम्बर २०७६०००१३७९५ का प्रकाश तामाङ मोक्तानको सडक दुर्घटनामा निधन भएपछि उनीहरूको परिवारका सदस्यलाइ कोषले योजनाअन्तर्गत पाउने रकम समेत हस्तान्तरण गरेको छ।

उक्त व्यक्तिका आश्रित परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च २५ हजार, मासिक निवृत्तभरण क्रमशः १७ हजार १०० र १० हजार २००, आधारभूत पारिश्रमिकको ६० प्रतिशत र निजहरुले जम्मा गरेको योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको संकलित रकम तथा प्रतिफल समेत जोडेर हुन आउने रकम एकमुष्ठ प्रदान गर्ने प्रक्रिया अगाडि बढिसकेको कोषले जनाएको छ।

त्यस्तैगरी सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ। ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले एक महिनाको समयावधि थप गर्ने जानकारी दिएको हो।

सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुने मौका दिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार