काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको विवादमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न सुझाव दिएका छन्।
सुसन कर्माचार्य श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी भेटवार्ता गरेकी थिइन्।
उनले भेटमा लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै प्रधानमन्त्री ओलीसँग गुनासो गरेकी थिइन्। कर्माचार्य नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी हुन्। उनी याम्बलिङ हाइड्रोपावरको अध्यक्षमा छिन्।
‘भेटमा प्रधानमन्त्री ओलीले लामाले यसबारे आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही सहयोग गर्न सक्ने भए त्यता कुरा गर्न सुझाव दिनुभयो,’ उनका पति लक्षमण कृष्ण राजभण्डारीले भने।
लामाको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए। साथै एकअर्कालाई मिलाउन भूमिका खेलेका श्रेष्ठलाई पनि यो विवादमा मुछिएको छ।
तर प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको राजभण्डारीले जानकारी दिएका छन्।
राजभण्डारी लेख्छन्, ‘साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्छ यसको पछि लाग्नु हुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनु भयो।’ -विएल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया