काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अब टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन् । होराइजन मल्टी मिडियाको निर्माणमा बन्न लागेको कार्यक्रम ‘ऐना’ उनले सञ्चानल गर्न लागेका हुन् ।
बोक्सी प्रथा, बलात्कार, जातीय विभेद, चेलीबेटी बेचविखन, बालश्रम, दाइजो, छाउपडी, घरेलु हिंसा लगायतका सामाजिक कुरीतिमा गम्भीर बहस गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
माघ ७ गतेदेखि हरेक बुधबार कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुने उक्त कार्यक्रम २६ एपिसोडसम्म सञ्चालन हुनेछ ।
अनमप्रताप अधिकारीको निर्देशन रहेको उक्त कार्यक्रममा विश्वप्रकाशले सामाजिक कुरीति अन्त्यका लागि गम्भीर बहस गर्नुका साथै निदान सुत्रको समेत खोजी गर्ने प्रयास गर्नेछन् । दल आफ्नो ठाउँमा छ, देश दिलमा छ भन्ने अभिप्रायले उनी कार्यक्रम चलाउन तयार भएका हुन् ।
“इतिहासमा ती प्रथम महिलाको को थिइन्, जसलाई सबैभन्दा पहिला जिउँदैं जलाइयो? तिनी जो भए पनि मेरी आमा थिइन् होला, भविष्यमा अन्तिम महिला को हुनेछिन्, जसलाई सबैभन्दा अन्तिममा जलाइनेछ ? तिनी सायद मेरी छोरी हुनेछिन्। म यो हुन दिन्नँ। विद्रोही कवि रमाशंकरका यिनै भावका साथ कार्यक्रम गर्न लागिएको हो,” विश्वप्रकाशले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया