जेठ २३, २०८३ शनिबार June 6, 2026

प्रत्येक जिल्लामा दश/दश वटा घर बनाउने नायिका गौतमको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अभिनेत्री तथा समाजसेवी एलिजा गौतमले देशका ७७ जिल्लामा प्रत्येक जिल्लामा दश/दश वटा घर बनाउने घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नायिका गौतमले प्रत्येक जिल्लामा दुखी असहायको लागि दश-दशवटा घर बनाउने घोषणा गरेको जानकारी दिएकी हुन् ।

वरिष्ठ पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले ‘अनुराग’ फिल्मबाट आफ्नो फिल्मी करियर सुरू गरेकी हुन् । पछिल्लो समयमा उनी अभिनित म्युजिक भिडियोहरु एक पछि अर्को गरेर हिट भएका छन् । दर्शक तथा श्रोताले अत्यधिक रुचाएका छन् । ‘एलिजा फाउण्डेशन’मार्फत गौतमले दुर्गम र विकटका गरिब तथा असहायहरुको निम्ती घर निर्माण गर्ने भएकी हुन् ।

उनले लेखेकी छिन, ‘एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ।’ उनले पहिलो चरणको काम धादिङबाट सुरु हुने जानकारी पनि गराएकी छिन् ।

उनले हातमा हात र काँधमा काँध मिलाएर सामाजिक कार्यको लागि सहकार्य गर्न सबैमा आग्रह गरेकी छिन् । एलिजाले सिन्धुपाल्चोकका बाढी पहिरोका पिडितहरुलाई पनि लत्ता कपडा र खाद्यान्य सहयोग गरेकी थिइन् । उनले आर्थिक अभावले समस्यामा परेका बालबालिकालाई पनि सहयोग गर्दै आएकी छिन् । लकडाउनमा खुला मञ्चमा काम बन्द भएर खान नपाएको मजदुरहरुलाई खाना खुवाउन पनि सहयोग गरेकी थिइन् ।

अभिनेत्री गौतमले लकडाउन अवधिभर मात्रै १५ भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले लकडाउन आफ्नो लागि अवसर बनेर आएको बताउदै आएकी छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार