असार २१, २०८२ शनिबार July 5, 2025

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारसमक्ष सो प्रदेशका मुख्य न्यायाधिवक्ता कार्यालयका आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको नेतृत्वको टोलीले आज मुख्य न्यायाधिवक्ताका साथै मातहत कार्यालयको काम कारवाहीको विवरण, त्यसको प्रभावकारिता, प्राप्त गरेका सफलता र कार्यसम्पादनमा आएका चुनौती र सुधारका लागि सुझाव समेटिएका प्रतिवेदन पेश गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रदेशको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को धारा १३ बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भएबमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुखसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार