काठमाण्डाैं: काठमाण्डाैंकाे चाबहिलस्थिथ रहेकाे गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । दर्शकको बाक्लो भीड लाग्ने यो हल अब नयाँ स्वरुपमा बन्न लागेकाे हाे ।
यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । गोपिकृष्णमा ७ वटा पर्दा रहेका छन् । जसमध्ये, गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ । हल खुलेपछि ओम, नम र शिवायःमा मात्र चलचित्र चल्नेछन् । यी तिन पर्दामा करिब ६ सय दर्शक मात्र अट्न सक्नेछन् । यसैले पनि गोपिकृष्ण हल भत्केपछि दर्शकको ठुलो भीड मिस हुनेछ ।
यसका संचालकले सपिङ मल बनाउने योजना अनुसार, हल भत्काउन लागेका हुन् । अब बन्ने भवनमा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल बनाउने योजना रहेकाे गोपिकृष्ण हलका म्यानेजर प्रदिप दाहालले बताए । उनले भने, ‘यसपछि, छतमा गोपि र कृष्ण नाममा २ वटा हल संचालन हुनेछन् । नयाँ भवन बन्नका लागि ३ बर्ष लाग्नेछ ।’
अब, ओम हलमा थ्रिडी पर्दा राख्ने तयारी गरिएको छ । यस्तै, ओम, नम र शिवायःमा नयाँ पर्दा र चिम राख्ने तयारी हल संचालकले गरेका छन् ।
नेपाली चलचित्रको भीडभाड देखाउन होस् या कलाकार तथा निर्माता–निर्देशकले दर्शकसँग सिधै साक्षात्कार गर्नका लागि गोपिकृष्ण हल सबैभन्दा उत्तम मानिन्थ्यो । यस्तै, नेपाली चलचित्रको लागि यो हलले राम्रो शेयर पनि दिदै आएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया