कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

चाबहिलकाे गोपिकृष्ण चलचित्र हल भत्काउन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैं: काठमाण्डाैंकाे चाबहिलस्थिथ रहेकाे गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । दर्शकको बाक्लो भीड लाग्ने यो हल अब नयाँ स्वरुपमा बन्न लागेकाे हाे ।

यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । गोपिकृष्णमा ७ वटा पर्दा रहेका छन् । जसमध्ये, गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ । हल खुलेपछि ओम, नम र शिवायःमा मात्र चलचित्र चल्नेछन् । यी तिन पर्दामा करिब ६ सय दर्शक मात्र अट्न सक्नेछन् । यसैले पनि गोपिकृष्ण हल भत्केपछि दर्शकको ठुलो भीड मिस हुनेछ ।

यसका संचालकले सपिङ मल बनाउने योजना अनुसार, हल भत्काउन लागेका हुन् । अब बन्ने भवनमा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल बनाउने योजना रहेकाे गोपिकृष्ण हलका म्यानेजर प्रदिप दाहालले बताए । उनले भने, ‘यसपछि, छतमा गोपि र कृष्ण नाममा २ वटा हल संचालन हुनेछन् । नयाँ भवन बन्नका लागि ३ बर्ष लाग्नेछ ।’

अब, ओम हलमा थ्रिडी पर्दा राख्ने तयारी गरिएको छ । यस्तै, ओम, नम र शिवायःमा नयाँ पर्दा र चिम राख्ने तयारी हल संचालकले गरेका छन् ।

नेपाली चलचित्रको भीडभाड देखाउन होस् या कलाकार तथा निर्माता–निर्देशकले दर्शकसँग सिधै साक्षात्कार गर्नका लागि गोपिकृष्ण हल सबैभन्दा उत्तम मानिन्थ्यो । यस्तै, नेपाली चलचित्रको लागि यो हलले राम्रो शेयर पनि दिदै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तरुण दलको ७४औँ स्थापना दिवस : सङ्कटा मन्दिर परिसरमा सरसफाइ
२०८३ कार्तिक १०, मंगलबार
नेतान्याहुलाई सत्ताबाट हटाउन इजरायलका विपक्षी दलहरू एकजुट
२०८३ कार्तिक १०, मंगलबार
सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य २५ रुपैयाँले घट्यो
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय सभाको विपद अध्ययन विशेष समितिको बैठक बस्दै
२०८३ कार्तिक १०, मंगलबार