काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले मन्त्रीपदबाट राजीनामा दिएसँगै सरकारी क्वार्टर पनि खालि गरेका छन् ।
पुनः आजै सरकारी क्वाटर छाडेर बालुवाटारस्थित डेरामा सरेको पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।
मन्त्री पुनले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्रालयमै छाडिसकेको पनि भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया