काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
पछिल्लो घटनाक्रमबारे राय लिनका लागि भोलि सोमबार बिहान ९ बजे सांसदहरुसँग बैठक बस्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटार बैठकमा विघटित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति रहनेछ । यस्तै नेकपा अर्का अधयक्ष प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले पनि सांसदहरूको बैठक राख्ने तयारी गरेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया