काठमाण्डौं: गोरखा जिल्लाको सिरानचोक गाउँपालीकाका अध्यक्षको कदमको विरुद्ध स्थानियहरुबाट कडा रुपमा विरोध सभा भएको छ ।
गोरखा जिल्लाको सिरानचोक गाउँपालीकाका अध्यक्ष राजु गुरुङ्ग लगाएत प्रशासकीय अधिकृतले सम्मानित सर्वोच्च अदालतको आदेशको ठाडो उल्लघंन गरेकोले स्थानियहरुले पौष ०६ गते सोमवार विरोध र्याली गरेका हुन ।

सिरानचोक गाउँपालीकाको केन्द्र परिवर्तन सम्वन्धी मुद्धामा सम्मानित सर्वोच्च अदालतको मिती २०७७/०६/२७ गतेको आदेश विपरीत छोप्राकमैदानमा रहेको आफ्नै भवनबाट षड्यन्त्रमुलक ढङ्गबाट सोही गाउँपालीकाको चित्रेपोखरी भन्ने स्थानमा केन्द्र सारी भाडाको घरमा कार्यालय स्थापना गरी समाचार सम्प्रेषण गरेको मितीसम्म सम्पुर्ण काम-कार्वाही गरिरहेको स्थानियहरुले बताएका छन ।

मिती २०७७/०६/२७ गतेको सम्मानित सर्वोच्च अदालतको आदेशमा उक्त्त मुद्धाको अन्तिम टुङ्गो नलागेसम्म सम्पुर्ण काम कार्वाही यथास्थितीमा राख्नु भनिएकोमा अदालतलाई गुमराहमा राखी जनतालाई ढाटेर दुख दिने काम गरिरहेका छन ।
मिती २०७७ साल आषाढ ३१ को गाउँसभाले गरेको केन्द्र परिवर्तन सम्वन्धी निर्णयमा चित्त नबुझेपछि स्थानिय सचेत नागरीकहरुले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन हालीसकेको र केन्द्र तोक्ने अधिकार नेपाल सरकारको भएको अवस्थामा केही निर्वाचित सदस्य र कर्मचारीको जोडबलमा आफुखुसी केन्द्र सारेपछि स्थानियको धर्ना, विरोध जुलुस हुने क्रम बढिरहेको छ ।

सम्मानित अदालतको आदेश पश्चात गाउँपालीकाका अध्यक्ष गुरुङ्गले छोप्राकमैदानमा रहेको कार्यालयको खाली कोठामा नेमप्लेट झुन्डयाई दैनिक प्रशासन लगाएतका सम्पुर्ण काम-कार्वाही चित्रेपोखरी भन्ने ठाउँमा सञ्चालन गरिरहेका छन । यसरी काम चित्रेपोखरीबाट र नेमप्लेट छोप्राकमैदानमा राख्ननाले यतिबेला गाउँपालीकाका जनताहरुले दैनिक सास्ती भोग्नुपरेको स्थानियहरुले बताएका छन ।
सम्मानित सर्वोच्च अदालतको आदेशको उल्लघंन तथा ठुलो संख्यामा रहेका स्थानिहरुको मन र भावनामा समेत असर पर्नेगरी केही व्यक्त्तीगत स्वार्थको लागी जनप्रतिनिधीबाटनै गम्भिर छलकपट हुदां जनताहरुले हैरानी व्यहोर्नुपर्दा वर्तमान व्यबस्थादेखिनै जनताहरु निराश हुन थालेको विश्लेषण हुन थालेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया