बैसाख २६, २०८३ शनिबार May 9, 2026

संसद विघटन विरुद्ध भुगोलपार्क डटकमले गर्यो मत सर्वेक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपालको एकमात्र विश्वशनिय सर्वेक्षण संस्था भुगोलपार्क डटकमले संसद विघटनको विषयमा मत सर्वेक्षण गरेको छ ।

प्रधाममन्त्री केपी शर्मा ओलीले गत आईतवार अर्थात पुष ०५ गते आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठकबाट  प्रतिनिधीसभा विघटन गर्ने प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेपश्चात राष्ट्रपति भण्डारीबाट संसद विघटन गरेकि थिईन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागी संसद विघटन गरिएको बताउँदै, २०७८ साल बैशाख १७ गते शुक्रवार पहिलो चरणको र २०७८ साल बैशाख २७ गते सोमवार द्रोस्रो चरणको  चुनावमा जाने घोषणा गरेका छन् ।

पाँच बर्षको लागी सरकार चलाउने जनादेश प्राप्त दलबाट प्रधानमन्त्री बनेका ओलीको यो कदमको चौतर्फी आलोचना भएको छ । कतिपयले भने ओलीको यो सुझबुझपूर्ण कदम भएको दावी गरेका छन् । यो विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएकोले सम्मानित अदालतबाट  कस्तो निर्णय आउँछ त्यो सबैको प्रतिक्षाको विषय बनेको छ ।

नेपालको विश्नसनिय र एकमात्र सर्वेक्षण संस्था भुगोलपार्क डटकमले नेपालको सार्वभौम संसदलाई अप्रत्यासित रुपमा  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई तपाईं के भन्नुहुन्छ भन्ने  प्रश्न गरिएको र प्रश्नको उत्तरमा क. स्वागत योग्य कदम ख. एकदमै गलत निर्णय ग. बाध्यात्मक उपज घ. थाहा भएन भनि सर्वेक्षण थालेको छ ।

भुगोलपार्क डटकम नेपालको एकमात्र पहिलो सर्वेक्षण संस्था हो । यो संस्थाले आफ्नो सेवा विस्तार गर्नथालेपछि देखिनै यसको विश्वसनियतामा आम नागरिकहरुको विश्वास र भरोसा बढ्दै गईरहेको छ । यसभन्दा अगाडि पनि विभिन्न समसामयिक, राजनैतिक तथा जनसवालमा उठेका विभिन्न प्रश्नहरुमा आधारित रहेर महत्वपुर्ण विषयबस्तुमा प्रश्न तयार गरी सर्वेक्षण गरिएको र उक्त्त सर्वेक्षणबाट यसको विश्वसनियता बढेको हो ।

#www.bhugolpark.com#

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार