मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

वरिष्ठ राजनीतिज्ञ गोविन्द प्रसाद लोहनीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: वरिष्ठ राजनीतिज्ञ गोविन्दप्रसाद लोहनीको ९३ वर्षका उमेरमा शनिबार राति निधन भएको छ । उहाँ करीब दुई महिनाअघि राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको परिवार स्रोतले जनाएको छ ।

उहाँ सन् १९५६ मा नेपाल राष्ट्र बैंकमा सेवा प्रारम्भ गरेर अनुसन्धान एवं अर्थशास्त्रका विशेषज्ञका रूपमा १९५९ देखि १९६४ सम्म कार्यरत हुनुहुन्थ्यो । सन् १९६४ देखि १९६६ सम्म तत्कालीन पञ्चायत मन्त्रालयमा सेक्रेटरी र भूमिसुधार मन्त्रालयमा सल्लाहकारसमेत रहनुभएका उहाँ १९७२ देखि १९७८ सम्म राष्ट्रिय योजना आयोगका सदस्य तथा १९७८ देखि १९८३ सम्म पाकिस्तान, इरान र टर्कीका लागि नेपाली राजदूत हुनुहुन्थ्यो ।

छयालीस सालको जनान्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका उहाँ पछिल्लो समय स्वतन्त्र बुद्धिजीवीका रूपमा रहनुभएको थियो । उहाँका ‘नेतृत्वको भोक’, (कथासङ्ग्रह), ‘यो हो सोभियत रूस’, ‘आजको चीन, ‘चीनी जनसङ्ग्रहको इतिहास’, ‘कमरेड जाने होइन’, ‘गोविन्दप्रसाद लोहनीका दार्शनिक रचनाहरू’लगायत भर्खरै मात्र ‘नेतृत्वको भोक र अन्य कथाहरू’ नामक पुस्तक प्रकाशित छन् ।

साथै राजनीति, अर्थतन्त्र, इतिहास, संस्कृति र साहित्यका एक हजारभन्दा बढी फुटकर रचनासमेत प्रकाशित छन् । स्व लोहनीका दुई छोरा र एक छोरी हुनुहुन्छ । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार