असार २४, २०८२ मंगलबार July 8, 2025

आखेटोपहार र बन्दुकसहित पाँच जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो ।

स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नम्बर ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन् ।

उनीहरुबाट दुई थान भरुवा बन्दुक, ५० थान गोली, दुई डिब्बा बारुद, बारुद भरिएको वन्यजन्तुको जस्तो देखिने दुई सिङ, कस्तुरीको दाराजस्तै देखिने छ वटा, बन्दुकको केपको बट्टा, संरक्षित वन्यजन्तु कस्तुरी जस्तो देखिने दुईवटा खुट्टा, पासोमा प्रयोग गरिने १४ थान तारलगायत सामग्री बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले बताए ।

पक्राउ परेका सबैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३६ थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, इन्सास राइफलका गोली पनि बरामद गरेको थियो ।

भौगोलक कठिनाइ, विशाल भूगोल, न्यून जनशक्ति र अत्यधिक चिसोका बाबजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ । पछिल्लो समय वन जङ्गल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि निकुञ्जले स्थानीयवासीसँग समन्वयकारी भूमिका खेल्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार