वैशाख १८, २०८१ मंगलबार April 30, 2024

रेलमा आगलागी हुँदा ६५ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रेलमा आगलागीका कारण पाकिस्तानमा ६५ जनाको मृत्यु भएको छ। लियाक्तपुर सहरनजिकै बिहीबार भएको उक्त घटनामा ४० भन्दा बढी घाइते भएको पाकिस्तानी समाचार अनलाइन डनले जनाएको छ।

एएफपीका अनुसार पञ्जाव हेल्थ मिनिस्टर डा. यास्मिन रशिदले मृतकको संख्या ६५ पुगेको जानकारी दिएका छन्।

घटनामा महिला र बालबालिका पनि रहेका छन्। मृतक र घाइतेलाई सोही सहरस्थित डीएचक्यु अस्पतालमा लगिएको छ। सिलिन्डर पड्किएर उक्त घटना भएको बताइएको छ। यात्रुहरु बिहानको खाजाको तयारी गरिरहँदा उक्त विस्फोट भएको हो।

उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको रेडियो पाकले जनाएको छ। घटना भएलगत्तै धेरै यात्रुले हामफालेर ज्यान जोगाएका थिए। क्षति पुगेको रेल दुई घण्टाभित्रै सञ्चालनमा ल्याउने रेलवे मन्त्री शेख रशिदले बताएको डनले जनाएको छ।

हाल उद्धारको काम भइरहेको बताइएको छ। पाकिस्तानी सेनाले घटनाको उद्धारका लागि हेलिकोप्टर परिचालन गरेको छ।

अधिकारीका अनुसार यात्रुले लुकाएर ग्यास सिलिण्डर लगेको र सोही सिलिण्डर विस्फोट भएको हुनसक्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार