श्रावण २४, २०८३ आइतबार August 9, 2026

कर्मचारीसँग डेटिङ जाँदा सिइओले गुमाए जागिर!

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकाको विश्व चर्चित फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी अधिकृत स्टीभ इस्टरब्रुकलाई कम्पनीले बर्खास्त गरेको छ।

कम्पनीको कर्मचारीसँग ‘डेटिङ’ गएपछि इस्टरब्रुकलाई पदबाट हटाइएको साथै उनले जागिर नै गुमाएको बीबीसीले जनाएको छ।

अमेरिकाको प्रसिद्ध फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सको विश्वभर सञ्जाल छ।

सिइओ इस्टरब्रुक र महिला कर्मचारीबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले कम्पनीको नीति उल्लङ्घन गरेको र कमजोर निर्णय क्षमता देखाएको कम्पनीले ठहर गरेको छ।

कम्पनीले जागिरबाट हटाएसँगै इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको बताएका छन्।

उनले कम्पनीको मूल्यमान्यतालाई ध्यानमा राख्दै आफूले जागिर छाड्ने प्रतिक्रिया जनाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार