असोज २९, २०८३ बिहिबार October 15, 2026

नयाँदिल्लीको आकासबाटै फर्किए ३० जहाज, खराब वायुले आँखा पोल्न थाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँदिल्ली : भारतको दिल्लीमा पछिल्लो समय वायु प्रदूषणका कारण दशौं लाख मानिसको दैनिकी प्रभावित बनेको छ । सम्भावित खतराबाट बच्न भन्दै दिल्ली सरकारले लाखौं मास्क वितरण गरे पनि दुषित हावाले गर्दा आँखा पोल्न थालेको छ ।

प्रदूषणका कारण दिल्लीमा हाल निजी सवारी साधन चलाउन दिइएको छैन । स्कुल समेत बन्द गरिएका छन् । साथै उडान समेत रद्द भएका छन् । खराब ‘भिजिबिलिटी’का कारण मंगलबार दिल्लीमा अवतरण गर्नुपर्ने ३० वटा उडान अन्यत्र मोडिएका छन् ।

विज्ञहरुका अनुसार दिल्लीमा अहिले उडिरहेको वायु एक दिनमा ५० वटा चुरोट पिए जत्तिकै हो । पछिल्ला वर्षका यही सिजनमा दिल्लीमा यस्तै तुवाँलो र दुषित वायुबाट जनजीवन प्रभावित हुने गरेको छ ।

यस्तो हुनुको कारण हरियाणा र पन्जाबका किसानले अन्नवाली थन्काएपछि खेतमा ठुटा पोल्ने गरेकाले हुने गरेको विज्ञहरुको भनाइ छ । भारतको राजधानी नयाँदिल्लीमा ४ करोड मानिस बसोबास गर्छन् ।

मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्ली ‘ग्यास चेम्बर’ बनेको भन्दै ५० लाख मास्क वितरण गरेका थिए । तर वातावरणमन्त्री प्रकास जावादेकरले केजरिवाललाई उक्त विषयलाई राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
२०८३ असोज २९, बिहिबार
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
२०८३ असोज २९, बिहिबार
विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
२०८३ असोज २९, बिहिबार
च्याम्पियन्स लिग : रियलले रोमालाई हरायो, पीएसजीले सिटीलाई पछार्‍यो; लिभरपुल र भिल्ला पनि विजयी
२०८३ असोज २९, बिहिबार
जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती
२०८३ असोज २९, बिहिबार
आजको मौसम : पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव कायमै
२०८३ असोज २९, बिहिबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज २९, बिहिबार