काठमाण्डौंः बागमती प्रदेश सभाको बैठकले यही फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ सोमबारसचिवालयमा दर्ता भएको छ।
फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको उनले बताए।
यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो। प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया