श्रावण २४, २०८३ आइतबार August 9, 2026

चीनले अनलाईन भिडियो गेममा कर्फ्यू लगायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनले अनलाईन भिडियो गेममा कर्फ्यू लगाएको छ।

बालकालिका तथा किशोर–किशोरीले अत्याधिक अनलाईन भिडियो गेम खेल्न थालेपछि चीन सरकारले अनलाईन भिडियो गेममा कर्फ्यू लगाएको हो।

चीन सरकारले अनलाईन भिडियो गेममा यतिबेला नयाँ नियम जारी गरेको छ। उक्त नियमअनुसार अनलाई गेम खेल्ने समय तालिका तोकिएको छ।

यो नियम चीनका सबै अनलाई गेमिङ प्ल्याटफर्ममा पनि लागू हुनेछ। नयाँ नियमअनुसार चीनमा अब १८ वर्षभन्दा कम उमेरका समूहले अनलाईन गेम बिहान ८ देखि राति १० बजेको समयसम्म खेल्न पाउने छैनन्।

सार्वजनिक बिदा तथा छुट्टीको समयमा भने २४ घन्टामा ३ घन्टा उनीहरुले अनलाईन गेम खेल्न सक्नेछन्।

अनलाईन गेमको बजारमा चीन विश्वकै ठूलोमध्ये एक मानिन्छ। यसबाट चीन सरकारले उल्लेखनीय राजस्व उठाउँदै आएको छ। न्युजुको अनुसार चीने सन् २०१८ मा अनलाईन गेमबाट ३८ अर्ब अमेरिकी डलर राजस्व उठाएको थियो।

मंगलबार चीन सरकारले एक वक्तव्य सार्वजनिक गर्दै नियम लागू गरेको हो।

सिन्ह्वा समाचार संस्थासँगको कुराकानीमा चिनियाँ अधिकारीले भनेका छन्,‘चीनका बालबालिका तथा किशोर किशोरीको मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्दै हामीले यो नियम ल्याएका हौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार