बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

उपनिर्वाचन सुरक्षाका लागि ३३ हजार सुरक्षाकर्मी परिचालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्रालयले उपनिर्वाचन सुरक्षार्थ १० हजार नेपाली सेना सहित ३३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

आगागी १४ मंसिरमा देशभरका कुल ५२ स्थानमा रिक्त पदमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाको एक, प्रदेशसभा तीन, उपमहानगरको मेयर एक, नगरपालिकाका मेयर एक, गाउँपालिका प्रमुख तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदमा निर्वाचन हुने भएको हो ।

मन्त्रालयले निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सोही बमोजिम सुरक्षा योजना बनाएको छ ।

उपनिर्वाचनको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकाय परिचालन हुनेछन् । निर्वाचन हुने स्थान र मतपेटिका रहने पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिनेछ । त्यस्तै दोस्रो घेरामा नेपाली सेना तथा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्नेछन् ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सुरक्षा मजबुत पार्न १० हजार नेपाली सेना, १२ हजार नेपाल प्रहरी ११ हजार सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका गरी ३३ हजार बढी सुरक्षाकर्मी परिचालन हुने बताएका छन ।

सुरक्षाको अवस्था हेरी जिल्ला सुरक्षा समितिले सुरक्षाकर्मी संख्या बढाउन वा थप सुरक्षा माग्न सक्ने मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार