असोज २८, २०८२ मंगलबार October 14, 2025

झोलामा महिलाको हात भेटिएपछि प्रख्यात रूसी प्राध्यापक गिरफ्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेन्ट पिटर्सवर्गको प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारको झोलामा महिलाको हात भेटेपछि हत्याको शङ्कामा पक्राउ गरेको छ।

मदिराको नशामा रहेका ‌ओलेग सोकोलभ खोलामा मृत महिलाको शरीरका अङ्ग फ्याक्ने क्रममा खोलामा खसेको स्थानीय समाचार माध्यमहरूले लेखेका छन्।

प्रहरीले उनको घरमा छापा मारेर उनको एक २४ वर्षीय पूर्वविद्यार्थीको क्षतविक्षत शरीर भेटेको थियो।

प्राध्यापक सोकोलभ फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ थिए। उनले फ्रान्सको सबैभन्दा सर्वोच्च पदक प्राप्त गरेका थिए।

हत्या गरिएकी महिला सोकोलभको एक प्रकाशनमा सहलेखक रहेकी अनास्तिसिया यस्चेन्कोको भएको बताइएको छ।

प्रहरी विज्ञप्तिमा मोइका नदीबाट एक ६३ वर्षीय पुरुषलाई उद्धार गरिएको र हत्याको आशङ्कामा पक्राउ गरिएको बताइएको थियो।

प्रहरी अधिकृतहरूले समाचार संस्था एएफपीलाई ती व्यक्ति प्राध्यापक सोकोलभ भएको पुष्टि गरेका छन्।

सोकोलभले नेपोलियनमाथि थुप्रै पुस्तकहरू लेख्नुका साथै केही फिल्महरूमा इतिहास सल्लाहकारका रूपमा काम गरेका छन्।

फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स र पोलीटिक्सका सदस्य रहेका सोकोलभलाई शनिवार सो संस्थाबाट हटाइएको छ।

हामीले आतङ्कित भावमा ओलेग सोकोलभ दोषी भएको अपराधको बारेमा थाहा पाएका छौँ, सो संस्थाले एक विज्ञप्तिमा भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
२०८२ असोज २८, मंगलबार
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
२०८२ असोज २८, मंगलबार
कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै
२०८२ असोज २८, मंगलबार
हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित नरहेको पुष्टि
२०८२ असोज २८, मंगलबार
विदेशी मुद्राको विनिमयदर सार्वजनिक : रुपैयाँ सुदृढ, डलर र युरो कमजोर
२०८२ असोज २८, मंगलबार
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
२०८२ असोज २८, मंगलबार
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने
२०८२ असोज २८, मंगलबार