कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

अनमोल-सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट प्रर्दशनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ ।

चलचित्रको फस्टलुक सार्वजनिक गर्दै फिल्म आउँदो बर्षको भदौ १८ गतेबाट प्रर्दशनमा आउने निर्माणपक्षले जानकारी दिएको छ ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाले निर्देशन गरेकी छन्। अनमोल र सुहानाले यसअघि फिल्म ‘ए मेरो हजुर ३’मा अभिनय गरिसकेका छन् ।

चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत रहेको छ। हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादनमा बनेको फिल्ममा संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

फिल्म ‘ए मेरो हजुर ४’ हाल छायांकनको अन्तिम चरणमा छ। कोभिड माहामारीअघि छायांकन भइरहेको यो फिल्म लकडाउनको कारण रोकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया