असार २२, २०८२ आइतबार July 6, 2025

प्रदेशसभा बैठकः विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि उक्त विधेयक माथि बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य पूर्णा जोशी, भरतबहादुर खड्का र टेकबहादुर रैकाले भाग लिनुभएको थियो ।

बैठकको प्रारम्भमा समय लिएर प्रदेशसभा सदस्य महेशदत्त जोशीले भूमिसम्बन्धी समस्या समाधान आयोगले सङ्कलन गरेको स्वघोषणा फाराम भर्न छुटेका भूमिहीन, सुकुम्वासी र अव्यस्थित बसोबासीलाई समय थपेर लगत लिने कार्य गर्नुपर्ने, कृषि कार्यक्रम र युवा स्वरोजगार कोषका कार्यक्रम पारदर्शी हुनुपर्ने र मल बीउबिजनको समयमै सहज आपूर्तिको व्यवस्थापन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया