कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

साम्राज्ञी र पुष्पको रोमान्स रहेको फिल्म ‘मारुनी’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का भिनित चलचित्र ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक भएको छ ।

निर्माण युनिटले बिहीबार महाशिवरात्रिको अवसर पारेर फिल्म  युट्युब मार्फत सार्वजनिक गरेको हो । यस चलचित्रमा साम्राज्ञी र पुष्पको रोमान्स रहेको फिल्मले सार्वजनिक प्रदर्शनमा भने औसत व्यवसाय गरेको थियो ।

नवल नेपालको निर्देशन रहेको फिल्ममा  त्रिकोणात्मक प्रेमकथामा आधारित छ । साम्राज्ञी र पुष्पसंगै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय रहेको फिल्मको निर्माता पुनम गौतम हुन् ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

भिडिओमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया