असार २१, २०८२ शनिबार July 5, 2025

बोलिभियामा नवनिर्वाचित राष्ट्रपतिले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बोलिभियाका राष्ट्रपति इबो मोरालेसले राजीनामा घोषणा गरेका छन् ।

चुनावमा धाँधलीको आरोप लगाउँदै देशव्यापी प्रदर्शन र सेनाको दबावपछि अन्ततः उनले राजीनामा घोषणा गरेका हुन् । साथै उनले नयाँ निर्वाचनको लागि आग्रह पनि गरेका छन् । सेनाप्रमुखले समेत राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेपछि मोरालेसको राजीनामा घोषणा भएको हो।

‘बोलिभियाको विधानसभामा मैले राजीनामा पत्र पठाएको छु,’ मोरालेसले भनेका छन् । साथै उनले आन्दोलन मत्थर पार्न र आक्रमण रोक्न आग्रह गरेका छन् । पछिल्लो समय राष्ट्रपति निवास अगाडि नै प्रहरीले प्रदर्शन निकालेपछि मोरालेसलाई थप दबाव सिर्जना भएको थियो । उनी बोलिभियामा लगातार चौथोपटक राष्ट्रपति निर्वाचित भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार