असार २२, २०८२ आइतबार July 6, 2025

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ।

यस आक्रमणमा मारिनेहरुमा  तीन जना बालबालिका रहेका जनाइएको छ। स्थानीय समय अनुसार बुधबार बिहान ७ बजेर २५ मिनेटमा सो विस्फोट भएको थियो।

यस विस्फोटमा चार विदेशीसहित २० जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन्। शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवन, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका थिए।

बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ। उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैनन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार