असार २४, २०८२ मंगलबार July 8, 2025

डँडेलधुरामा ४० रुपैयाँको जुनार काठमाडौंमा १८० !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डँडेलधुराको स्थानीय बजारमा प्रतिकिलो ४० पर्ने जुनारको मूल्य काठमाडौंमा १८० रुपैयाँ रहेको छ । यो मूल्य त्यहाँको स्थानीय बजारको तुलनामा ३५० प्रतिशत बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जुनारको मूल्य आफ्नो दैनिक मूल्यसूचीमा समावेश गरेको छैन । यद्यपि कालीमाटी र बल्खु तरकारी बजारका फलफूल व्यापारीका अनुसार जुनारको हालको बजार मूल्य प्रतिकिलो १८० रुपैयाँ छ । एक महीना अघिसम्म प्रतिकिलो १०० रुपैयाँसम्म रहेको जुनारको मूल्य पछिल्लो समय ८० रुपैयाँ बढेको बल्खु तरकारी बजारका फलफूल व्यापारी सञ्जय लामाले बताए ।

उनका अनुसार बल्खु तरकारी बजारमा भारत, चीन लगायत देशबाट जुनार, सुन्तला र मौसम आयात हुने गर्छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतीय सुन्तला र मौसमको मूल्य प्रतिकिलो २०० रुपैयाँ छ ।

काठमाडौंमा महँगो मूल्यमा विक्री भइरहेको जुनारबाट डँडेलधुराका किसानले उचित लाभ लिन सकेका छैनन् । विदेशबाट ल्याएर महँगो मूल्यमा विक्री गर्न सक्ने फलफूल व्यापारी र सरकारी संयन्त्रकै ध्यान स्वदेशी उत्पादनमाथि पर्न नसकेको गुनासो जुनारको बजारीकरणका लागि सरकारसँग गुहार माग्न डँडेलधुराबाट काठमाडौं आएका किसान अनन्तराम जोशीले गरे ।

राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमको तथ्यांक अनुसार नेपालमा वार्षिक ४३ हजार मेट्रिकटन जुनार, १ लाख ७७ हजार मेट्रिकटन सुन्तला र ३९ हजार ५८० मेट्रिकटन कागती उत्पादन हुने गर्दछ । ६५ जिल्लामा सुन्तला जातका फलफूल उत्पादन हुने भए पनि व्यावसायिक रूपमा ४४ जिल्लामा मात्र उत्पादन हुने गरेको छ । आर्थिक अभियानबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार