जेठ २३, २०८३ शनिबार June 6, 2026

कमला अधिकारी र शितल भेट बस्यालको म्यूजिक भिडियो ‘माइली’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दुई प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीमा आधारित म्युजिक भिडियो ‘माइली’ भर्खरै मात्र सार्वजनिक भएको छ ।

गाउँले परिवेश, त्यसमाथि पनि घरपरिवारले नस्वीकार्ने हो कि भन्ने डरै डरकाबीच हुर्किएको माया । यस्तै घटनाक्रमसँगै गुज्रिएको उनीहरुको प्रेमयात्रामा कयौं वाधा अड्चनहरु आउँछन्, समाज तगारो बनेर उभिन्छ । अविचलित भई गरेको संघर्षले मायामा सार्थकता पाउँछ ।

यो गीत युट्युव च्यानल वाइड नेपालबाट सार्वजनिक भएको हो । गीतमा कमला अधिकारी र शितल भेट बस्यालको स्वर रहेको छ भने शब्द संकलन प्रकाश सिग्देलले गरेका हुन् । रिचा थापा र सुमित थापाको मुख्य भूमिका रहेको यस म्युजिक भिडियोमा अन्य कलाकारहरुको पनि जोडदार अभिनय रहेको छ ।

साथै अनु कार्कीको कथा तथा परिकल्पनालाई रासिवले निर्देशन गरेका छन् । शिक्षण पेशामा आवद्ध कमला अधिकारी गायनसँगै लेखन कार्यमा पनि सक्रिय छन् । उनको पहिलो गीति एल्बम मुनाले पनि दर्शक श्रोताहरुको राम्रो माया पाएको छ ।

गायक शितल भेट बस्याल एक सफल संगीतकर्मी हुन् र लामो समयदेखि व्यावसाियक पत्रकारितामा छन् ।राजधानी

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार