श्रावण १४, २०८२ बुधबार July 30, 2025

हाम्रो मन-मुटुमा छ, बुद्ध जन्मभूमि नेपाल : श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत दिएको बधाइ सन्देशमा तत्काल प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन् ।

नेपाल सार्कको अध्यक्ष मुलुक हो ।

राजापाक्षले भनेका छन्–भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।

श्रीलंकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ पूर्वरक्षामन्त्री गोतावायाले चुनाव जितेका थिए । बुद्धमार्गी उनले यसअघि बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणसमेत गरेका थिए ।

सोमवार प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाइ दिँदै आफू घनिष्ट सहकार्यका लागि इच्छुक रहेको बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ताप्लेजुङमा एक जनामा डेङ्गु सङ्क्रमण पुष्टी
२०८२ श्रावण १४, बुधबार
काँग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार