श्रावण १२, २०८३ मंगलबार July 28, 2026

गीतकार माधव केसीको ‘पातै फरर’ नामक गीति सङ्ग्रह बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गीतकार माधव केसीले सङ्कलन गर्नुभएका गीत ‘पातै फरर’ नामक गीति सङ्ग्रह आजदेखि बजारमा आएको छ । उहाँले विसं २०४० देखि अहिलेसम्म सङ्कलन गर्नुभएका लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश गर्नुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तवाले उक्त सङ्ग्रहको विमोचन गर्दै गीत तथा साहित्यको क्षेत्रले मुलुकको संस्कृतिको संरक्षण गरी सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताउनुभयो ।

सङ्गीतकारद्वय सन्तोष श्रेष्ठ र कन्हैया सिंहले विभिन्न जाति तथा समुदायले सजिएको समाजमा लोक संस्कृतिले उनीहरुलाई एकताबद्ध गर्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गीतकार केसीले विसं २०४० मा आफूले रचना गरेका दुई गीत लोक गायक हरिबहादुर राउतले स्वराङ्कन गरी रेडियो नेपालमा रेकर्ड गराउनुभएको जानकारी दिँदै तत्कालीन समयमा रेकर्ड गरिएका ती गीत अहिले पनि लोकप्रिय रहेको बताउनुभयो ।

‘‘मायाँ पानी खाने कल्धारा कल्को    
रात दिनै तिमिकै झझल्को    
नरोउ मायाँ सम्झेर मलाई, धुरुधुरु मधेनी रातैमा’’ र    
‘‘चार कुने चौतारीमा तिमी पिपल मै वर    
कहिले होला पातै फरर’’   

करिब चार दशक अगाडि रचना गरिएका यी दुई गीतलाई हालै गायक अशोक बराल र शोनिका केसीले गाउनुभएको छ भने यसको गीति भिडियोसमेत सार्वजनिक गरिएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
ब्यवासायी शेखर गोल्छा १ करोड धरौटीमा रिहा
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ श्रावण १२, मंगलबार
सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल
२०८३ श्रावण १२, मंगलबार