कार्तिक ८, २०८३ आइतबार October 25, 2026

प्रदेश ५ को राजधानी नयाँ ठाउँमा : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी नयाँ ठाउँमा बनाउनुपर्ने बताएका छन् । केही दिनअघि दाङमा प्रदेशको राजधानी दाङ उपयुक्त हुने बताएका प्रचण्डले मंगलबार भैरहवामा नयाँ ठाउंमा राजधानी बनाउनुपर्ने बताएका हुन् ।

उद्योग ब्यापार संगठन रुपन्देही र नेपाल चेम्बर अफ कमर्शको आयोजनामा शुरु भएको पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सको उद्घाटन गर्दै उनले राजधानी पुरानै शहरमा भन्दा नयाँ स्थानमा बनाउँदा सो क्षेत्रको विकास हुने बताएका छन ।

‘दुई वर्षसम्म प्रदेशको राजधानी र नामाकरण तोक्न नसक्दा अन्यौलता भएको छ’ प्रचण्डले भने, ‘अब पुरानो शहरमा बनाउनु भन्दा नयाँ ठाउंमा बनाउन उपयुक्त हुन्छ ।’

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै प्रचण्डले अब भने सरकारले देखिने गरी काम गर्ने दाबी गरेका छन । ‘सरकार कहाँ अल्झिएको हो ?’ उनले भने, ‘तर अब नयाँ उत्साहका साथ देखिने गरी काम हुनेछ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
२०८३ कार्तिक ८, आइतबार
Police take action against 470 vehicles operators on Saturday alone
२०८३ कार्तिक ८, आइतबार
असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
२०८३ कार्तिक ८, आइतबार
मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि नयाँ राडार जडानसम्म, सरकारका दुई श्वेतपत्र सार्वजनिक
२०८३ कार्तिक ८, आइतबार
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
२०८३ कार्तिक ८, आइतबार
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
२०८३ कार्तिक ८, आइतबार
कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी
२०८३ कार्तिक ८, आइतबार