वैशाख २२, २०८१ शनिबार May 4, 2024

चोरीका ६ मोटरसाइकलसहित ७ जना युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । धनुषामा चोरीको ६ वटा मोटरसाइकलसहित ७ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न समयमा फरक–फरक स्थानबाट मोटरसाइकल चोरीमा धनुषाका तीन जना र महोत्तरीका चार जना युवक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका १ मुसहरी टोल बस्ने २५ वर्षका काशिन्द्र सदा, धनुषाकै शहिदनगर नगरपालिका २ बस्ने वर्ष २० का विजय यादव, धनुषाकै विदेह नगरपालिका २ बस्ने वर्ष २० का राजन यादव छन्। यस्तै महोत्तरीको बर्दिबास नगरपालिका १३ भेडियाही बिजलपुरा टोल बस्ने वर्ष २३ का अरुणकुमार राउत, वर्ष २२ का सुनिल कुमार चौधरी, वर्ष १९ का रामपुकार भण्डारी र महोतरीककै औरही नगरपालिका ३ बस्ने मनोज कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषा प्रहरीका अनुसार उनीहरुको साथबाट ज.५ प. ७१६३ नम्बरको ग्लामर, ज.६ प. ५४६० नम्बरको पल्सर, बा.४७ प. ९९४३ नम्बरको पल्सर, ज.९प.९०८ नम्बरको सुपर स्पलेण्डर, ज.६प. ९७७५ नम्बरको आईसर र ज.७ प.९८८१ नं. को डिस्कभर मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेकाहरुमाथि चोरी शीर्षकमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार