श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

चोरीका ६ मोटरसाइकलसहित ७ जना युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । धनुषामा चोरीको ६ वटा मोटरसाइकलसहित ७ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न समयमा फरक–फरक स्थानबाट मोटरसाइकल चोरीमा धनुषाका तीन जना र महोत्तरीका चार जना युवक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका १ मुसहरी टोल बस्ने २५ वर्षका काशिन्द्र सदा, धनुषाकै शहिदनगर नगरपालिका २ बस्ने वर्ष २० का विजय यादव, धनुषाकै विदेह नगरपालिका २ बस्ने वर्ष २० का राजन यादव छन्। यस्तै महोत्तरीको बर्दिबास नगरपालिका १३ भेडियाही बिजलपुरा टोल बस्ने वर्ष २३ का अरुणकुमार राउत, वर्ष २२ का सुनिल कुमार चौधरी, वर्ष १९ का रामपुकार भण्डारी र महोतरीककै औरही नगरपालिका ३ बस्ने मनोज कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषा प्रहरीका अनुसार उनीहरुको साथबाट ज.५ प. ७१६३ नम्बरको ग्लामर, ज.६ प. ५४६० नम्बरको पल्सर, बा.४७ प. ९९४३ नम्बरको पल्सर, ज.९प.९०८ नम्बरको सुपर स्पलेण्डर, ज.६प. ९७७५ नम्बरको आईसर र ज.७ प.९८८१ नं. को डिस्कभर मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेकाहरुमाथि चोरी शीर्षकमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
२०८३ श्रावण २२, शुक्रबार
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
२०८३ श्रावण २२, शुक्रबार
सरकार र डिल्ली हरिजनबीच पाँच बुँदे सहमति
२०८३ श्रावण २२, शुक्रबार
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत
२०८३ श्रावण २२, शुक्रबार
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
२०८३ श्रावण २२, शुक्रबार
आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह
२०८३ श्रावण २२, शुक्रबार
कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ
२०८३ श्रावण २२, शुक्रबार