भाद्र ११, २०८३ बिहिबार August 27, 2026

चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय र व्यापारीले आन्दोलन थालेका छन्। दुई वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने सडक तोकिएको अवधिमा नसकिएपछि स्थानीय र व्यवसायीले बुधबार बिहान पसल बन्द गरेर आन्दोलन थालेका हुन्। आन्दोलनका क्रममा स्थानीय र व्यापारीले ‘धुलो धुवाँ धेरै भो, कालोपत्रे छिटो गर’, ‘ठेकदारलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।

स्थानीय व्यापारी निराजन ढकालले सडकको धुलो र हिलोले सास्ती खेप्नुपरेकाले आन्दोलनमा उत्रिनुपरेको बताएका छन। उनले भने, ‘कालोपत्रेका लागि सरकारलाई दबाब दिन आन्दोलन थालेका हौं। तर, आन्दोलन गर्दा पनि केही होला जस्तो लाग्दैन।’
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार २०७२ सालमा चाबहिल–साँखु सडकमा चार लेन विस्तार र दुवैतर्फ फुटपाथ निर्माण योजना थालिएको हो। सडक निर्माणका लागि युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स, बज्रगुरु/च्याङीमिला/खानी जेभी, बज्रगुरुरबिरुवारखानी जेभी र बिटी/सुनकोसी/वल्र्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।

एक अर्ब ७५ करोड रूपैयाँ लागतमा सुरु भएको सडक २०७४ सालमा सम्पन्न हुनुपथ्र्यो। तर, ठेकेदार, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्ती र स्थानीयले मापदण्ड विपरीतका घर भत्काउन अटेरी गरेपछि आयोजनाको निर्माण अवधि लम्बिएको हो।

सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले ढलको पाइप फुट्दा कालोपत्रे गर्न ढिलाइ भएको बताएका छन। ढल तथा विद्युत् तार व्यवस्थापन सकेपछि कालोपत्रे गर्ने उनको भनाइ छ।

यसअघि गत वैशाखमा बौद्धका स्थानीय र व्यापारी पनि आन्दोलित भएका थिए। स्थानीय र ठेकेदारबीच सडक कालोपत्रे गर्ने सहमति भएपछि जेठ अन्तिमतिर चाबहिल–साँखु सडकखण्डको चुच्चेपाटी–बौद्ध पीपलबोट सडक कालोपत्रे गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार