भाद्र ११, २०८३ बिहिबार August 27, 2026

राप्रपा(संयुक्त)को जनकपुर लुम्बिनी धार्मिक यात्रा अभुतपुर्व :प्रवक्ता पाठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राप्रपा(संयुक्त)आयोजनामा भएको जनकपुर लुम्बिनी धार्मिक यात्रा अभुतपुर्व रुपमा सफल भएको छ। जनकपुर लुम्विनी धार्मिक रथ यात्राको सहभागी बनौ नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र कायम गरौ भन्दै राप्रपा संयुक्तको आयोजनामा कार्तिक २८ गते देखी प्रारम्भ भएको धार्मिक रथयात्रा मङ्सिर ४ गते भगवान बुद्वको जन्मस्थल लुम्बिनीमा पुगेर विशेष कार्यक्रमका साथ समापन भएको छ । जानकी मन्दिर परिसरबाट राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाश चन्द्र लोहोनीले जानकी/ बुद्ध रथ यात्राको समुद्घाटन गरेका थिए ।

राप्रपा संयुक्तका केन्द्रीय प्रवक्ता जनक राज पाठकका अनुसार जनकपुर लुम्विनी धार्मिक रथ यात्रा सफल र अभुतपुर्व सफल भएको छ । उनले भने यो राप्रपा संयुक्तको पहिलो धार्मिक यात्रा थियो । उनले यस यात्रामा साथ सहयोग गर्नु हुने सबै प्रती र पार्टी प्रति आभार प्रकट गरेका छन ।

हिन्दु राष्ट्र कायम गर्ने माग राखेर जनकपुरबाट सुरु भएको धर्मिक यात्रा विभिन्न सहर–बस्ती र मठ मन्दिरमा पुग्दै नेपालीको धार्मिक र सांस्कृतिक पहिचान को सम्मान गर्दै राप्रपा संयुक्तले जनस्तरमा पुगेर जगेर्ना गरेको छ। पाठकले भने हाम्रा नाराहरु नारा मात्र हुने छैनन । नेपालमा धर्म निरिपेक्षता चाहिँदैन, नेपालको धार्मिक पहिचान मास्न पाइँदैन, हिन्दु राष्ट्र फेरि कायम गर भन्दै जनकपुरबाट प्रारम्भ भएको धार्मिक रथयात्रा भगवान बुद्वको जन्मस्थल लुम्बिनीमा पुगेर विशेष कार्यक्रमका साथ समापन भएको राप्रपा संयुक्तका केन्द्रीय प्रवक्ता जनक राज पाठकले जानकारी दिएका छन । हाम्रो धार्मिक रथ यात्रा अभियान कथनीमा मात्र यथार्थ नारामा मात्र सिमित रहने छैन । हामी हाम्रो गौरवशाली इतिहासको जगमा खडा रहेर जनताको सवलीकरण सहित एक्काइसौं शताब्दीको समृद्ध नेपाल निर्माण गर्न संकल्पित छौं उनले भने ।

यो यथार्थता पार्टीको पहिचान हो र यसलाई जनस्तरमा पु¥याउन राप्रपा संयुक्तको कर्तव्य थियो । राप्रपा संयुक्तले सबै धर्म प्रति सम्मान गर्दै हिन्दु–बौद्ध धर्मको श्रोत र समिश्रण स्थलको रुपमा रहेको हिमवत खण्ड वैदीक सनातन धर्म प्रति प्रतिवद्धता जनाएको छ । रथ यात्राका क्रममा आम सर्वसाधारणको उत्साहपूर्ण सहभागिताले आफ्नो एजेण्डा सहि भएको अनुभूति भएको राप्रपा संयुक्तका नेताहरुले बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
२०८३ भाद्र ११, बिहिबार
चिनियाँ बिदेश मन्त्री र अमेरिकन राजदुतबिच भेटबार्ता, नेपालको बाढीकाे पनि चर्चा
२०८३ भाद्र ११, बिहिबार
इरान वार्तामा हतार छैन : ट्रम्प
२०८३ भाद्र ११, बिहिबार
प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित विदुरमा
२०८३ भाद्र ११, बिहिबार
सर्वदलीय बैठकः उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई ध्यानमा दिइने
२०८३ भाद्र ११, बिहिबार
प्रभावितको यथाशीघ्र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री
२०८३ भाद्र ११, बिहिबार