काठमाडौं, ११ भदौं । बेइजिङमा अमेरिकी राजदूत डेभिड पर्दु र चिनियाँ विदेशमन्त्री वाङ यी बिच भेटबार्ता भएको छ।
चीन र संयुक्त राज्य अमेरिकाले दुई राष्ट्र प्रमुखहरूबीच भएको महत्त्वपूर्ण सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्छ र दुई देशबीचको उच्च(स्तरीय आदानप्रदानमा रहेका अवरोध तथा व्यवधानहरू हटाउनु पर्ने चिनियाँ बिदेश मन्त्रीले जोड गरेका छन ।
चिनियाँ विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले भने कि दुई राष्ट्र प्रमुखहरूको रणनीतिक मार्गदर्शनमा चीन र अमेरिका रणनीतिक स्थिरतासहितको रचनात्मक सम्बन्ध निर्माण गर्न प्रयासरत छन्।
उनले थपे कि तथ्यहरूले यो प्रमाणित गरेका छन् कि चीन अमेरिका सम्बन्धमा सुधार र विकास गर्नु, आपसी सम्मानको आधारमा शान्तिपूर्ण सहअस्तित्व कायम गर्नु र अन्ततः दुवै पक्षलाई फाइदा पुग्ने अर्थात विन–विन सहयोग हासिल गर्नुले दुवै देशका जनताको आधारभूत हितको रक्षा गर्छ र अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षालाई पूरा गर्छ।
वाङले चीन– अमेरिका सम्बन्धमा अझै पनि विभिन्न जोखिम र चुनौतीहरू विद्यमान रहेको उल्लेख गरे। उनले भने कि द्विपक्षीय सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले सकारात्मक एजेन्डामा ध्यान केन्द्रित गर्नुपर्छ, मतभेदहरूलाई उचित रूपमा व्यवस्थापन गर्नुपर्छ तथा उच्च(स्तरीय आदानप्रदानमा रहेका अवरोध र व्यवधानहरू हटाउनुपर्छ।
उता, राजदुत पर्दुले भने कि दुई राष्ट्र प्रमुखहरूले अमेरिका–चीन सम्बन्धका लागि महत्त्वपूर्ण रणनीतिक मार्गदर्शन प्रदान गरेका छन् र गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको स्मरण गरेका थिए ।
उनले भने कि संयुक्त राज्य अमेरिका चीनसँगको सञ्चार सुदृढ गर्न, सहयोग अघि बढाउन र आगामी चरणका महत्त्वपूर्ण उच्च स्तरीय भेटघाटहरूको तयारी गर्न इच्छुक छ । साथै, दुवै पक्ष आपसी सम्मान र समानताको आधारमा रणनीतिक स्थिरतासहितको रचनात्मक सम्बन्ध निर्माण गर्न तत्पर छन्।
सो क्रममा पर्दुले दक्षिण–पश्चिम चीनको सिजाङ ९तिब्बत० स्वायत्त क्षेत्रस्थित ग्यिरोङ सीमा नाकामा गएको पहिरोमा परी भएको मानवीय क्षतिप्रति अमेरिकी पक्षको समवेदना पनि व्यक्त गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया