भाद्र ११, २०८३ बिहिबार August 27, 2026

प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित विदुरमा

बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट, ११ भदौ : प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर आइपुग्नुभएको छ ।

प्रधानमन्त्री शाह नेपाली सडकमार्गबाट विदुर आउनुभएको हो । प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा बस्नुभएको छ ।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल हुनुहुन्छ । उहाँहरुलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराउनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
२०८३ भाद्र ११, बिहिबार
चिनियाँ बिदेश मन्त्री र अमेरिकन राजदुतबिच भेटबार्ता, नेपालको बाढीकाे पनि चर्चा
२०८३ भाद्र ११, बिहिबार
इरान वार्तामा हतार छैन : ट्रम्प
२०८३ भाद्र ११, बिहिबार
प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित विदुरमा
२०८३ भाद्र ११, बिहिबार
सर्वदलीय बैठकः उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई ध्यानमा दिइने
२०८३ भाद्र ११, बिहिबार
प्रभावितको यथाशीघ्र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री
२०८३ भाद्र ११, बिहिबार