असार २०, २०८२ शुक्रबार July 4, 2025

बसरुद्धिनलाई पक्राउको माग गर्दै प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको छ ।

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले उनलाई पक्राउको माग गरेको हो ।

गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको होस्टलको गेटमा कुटपीट भएको थियो । उक्त घटनाको विरोधमा आइतबार अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको हो ।
अनेरास्ववियूको केन्द्रीय नेतासमेत सहभागी विरोध र्‍याली घण्टाघरमा सुरु भई बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो । उनीहरुले बसरुद्धिनलाई पक्राउ गर लेखिएको प्लेकार्ड बोकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार