काठमाण्डौंः मेक्सिकोकी एन्ड्रिया मेजा मिस युनिभर्स २०२१ बन्न सफल भएकी छिन् ।
अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन्। मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
एन्ड्रियाले आफ्नो जीतसहित इतिहास रचेकी छिन्। उनी मिस युनिभर्सको ताज जित्न सफल तेस्रो मक्सिकन महिला बनेकी छिन् । ब्राजिलकी जुलिया गामा फर्स्ट रनरअप भएकी छिन् भने पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप बन्न सफल भएकी छिन् ।
मिस युनिभर्सको यो प्रतियोगितामा अन्सिका शर्माले पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन्। प्रतियोगिताका लागि अन्सिकाले अत्यन्तै मिहिनेत गरेतापनि उनले उत्कृष्ट २१ मा आफ्नो स्थान बनाउन सकिनन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया