श्रावण २५, २०८३ सोमबार August 10, 2026

मिदासको ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श शुरू गरेको छ ।

समयमै उपचार वा परामर्शबाट बञ्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।

नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स प्रालिका प्रबन्ध निर्देशक छत्रहरि कार्कीले जानकारी दिए ।

जारी कोभिड-१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमासमेत विशेषज्ञ चिकित्सकहरुले यस एपमार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाइएको छ । यसबाट स्वयम् बिरामीहरुको समय र पैसा बचत भइ अस्पतालहरूमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।

कोभिड महामारीको समयमा मात्र होइन, विशेषज्ञ चिकित्सकसँग एवम् अस्पतालसम्म आइ परामर्श लिन सामान्य समयमा समेत विविध खालका कठिनाई छन् । भौगोलिक विकटता एवम् बिरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्ने हाम्रो सामान्य प्रचलन छ । यस्तो अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुने अपेक्षा लिइएको छ ।

सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको बताइएको छ भने जारी कोभिड-१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सबै यस अनलाइन भिडियो परामर्शमा निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ ।

यो सेवा कसरी लिने ?

विरामीहरुले आफुसँग रहेका मोबाइल अथवा ल्याप–टपमार्फत आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सकिने छ ।

यदि तपाईं एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यदि तपाइँ आइओएस फोन प्रयोगकर्ता हुनुहुन्छ भने एप्पल स्टोरमा गएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुनेछ । यदि तपाई ल्याप-टप वा डेस्क-टपबाट यो सेवा लिन चाहानुहुन्छ भने सिधै www.merodoctor.com टाइप गरेर यो सेवा लिन सक्नुहुनेछ ।

यदि माथि उल्लेखित कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा तपाईंसँग उपलब्ध भएनन् भने आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सक्नुहुनेछ । मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा यो लिंक www.merodoctor.com/help ले तपाइँलाई थप मद्दत गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार
उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण २५, सोमबार
सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार
२०८३ श्रावण २५, सोमबार
प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय
२०८३ श्रावण २५, सोमबार