काठमाण्डौंः कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये सुर्खेत र दैलेखका २/२जना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।
प्रदेशभर आज ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २२६ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २३९ जना संक्रमितहरु निको भएर घर फर्केका छन् । योसँगै कर्णालीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या १५,७५१ पुगेको छ । कर्णालीमा सक्रिय संक्रमित ५,७२८ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया