काठमाण्डौं: पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी नै छ।
पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन्। मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन्।
सङ्क्रमण दरमा केही कमी देखिएको भएपनि अधिकांश सङ्क्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरु बताउँछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया